सांकेतिक तस्बीरविराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागुऔषध ब्राउन सुगर र गाँजासहित ४ जनालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। झापाको अर्जुनधारा-८ का महमद सहवाज र अर्जुनधारा-७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले पक्राउ गरेको छ।
त्यसैगरी मोरङको सुन्दरहरैचा-९ बाट इलाका प्रहरी कार्यालय बिराटचोकको टोलीले ३७ किलो ३६ ग्राम गाँजासहित सुन्दरहरैचा-१० का योगेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। उता सुनसरीको भोक्राहा नर्सिङ-८ मा प्रहरी चौकी सिशुवाधरमपुरबाट खटिएको टोलीले भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४२ वर्षीय नौसाद आलमको साथबाट ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर फेला पारेको छ। पक्राउ परेका चारै जनामाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेका छन्।

























