सुनसरीमा ३५ किलो गाँजासहित अतित र इन्तियाज पक्राउ

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ७, बुधबार ०९:०८

विराटनगर । सुनसरीमा गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढी गाउँपालिका–२ का ४२ को अतिम मियाँ र ३२ वर्षीय इन्तियाज मियाँ रहेका छन् ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले दुवै जनालाई गढी–६ स्थित बुढीखोला नजिकबाट मंगलबार पक्राउ गरेको हो । विराटनगरबाट सुनसरी सदरमुकाम इनरुवातर्फ जाँदै गरेको बा २७ प १७६६ नम्बरको मोटरसाइकल रोकेर प्रहरीले चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा २ वटा झोलामा राखेर मोटरसाइकलमा लुकाइछिपाइ लैजाँदै गरेको ३५ किलो ८ सय ग्राम गाँजा फेला परेको डीएसपी खड्काले बताए । गाँजा र मोटरसाइकलसहित प्रहरीले अतित र इन्तियाजलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये अतित मोटरसाइकल चालक हुन् भने इन्तियाज पछाडि सवार थिए । दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.