इटहरीबाट खैरो हेरोइनसहित एकै परिवारका ३ जना पक्राउ

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १३, मंगलबार ०८:०८

विराटनगर । सुनसरीको इटहरीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित एकै परिवारका ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१७ पकलीकी ३५ वर्षीया जैतुन खातुन, उनका छोरा १९ वर्षीय मोहमद सैफुदिन र नन्द ३५ वर्षीया मन्जिना खातुन रहेका छन् । प्रहरीका अनुसार मस्लाउदिन मियाँको घरमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा सोमबार लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट टोली खटिएको थियो ।

मियाँको घरमा छापा हानेर प्रहरीले उनकी पत्नी, छोरा र बहिनीलाई पक्राउ गरेको हो । घर खानतलासी गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा १० ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार ९० हजार रूपैयाँ नगद पनि बरामद भएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.