श्रीमतीको हत्या गरी श्रीमानद्वारा प्रहरीमा आत्मसमर्पण

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १६, शुक्रबार १४:१८
सांकेतिक तस्बिर

काठमाडौं। ललितपुरमा श्रीमतीको हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालय पुगी आत्मसमर्पण गरेका छन्। ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेको स्वीकार गर्दै प्रहरीमा आत्मसमर्पण गरेका हुन्।

शुक्रबार बिहान घटेको यस घटनामा विनोदले श्रीमतीको हत्यापछि टिकाभैरव प्रहरी चौकी पुगेर आफूले अपराध गरेको बताएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार मदिरा सेवनका क्रममा दुवैजना बीच विवाद भएको र सोही क्रममा विनोदले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन्।

श्रीमतीको हत्या गरेपछि उनले शवलाई खाटमा सुताएर आफू भने प्रहरीकहाँ पुगेका थिए। प्रहरीले घटनास्थल पुगेर खाटमा सुताइएको अवस्थामा शव फेला पारेको छ। हाल प्रहरीले यस घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.