अख्तियार प्रमुखलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार ०६:४८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिहरूलाई धम्की दिएको आरोपमा नेपाली नागरिक प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन् ।

फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनका अनुसार ३३ वर्षीय पाठकलाई डिसेम्बर ३१ मा मालोलोस सहरअन्तर्गत बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसो क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठकले अख्तियार प्रमुखसहित १० जना उच्च प्रोफाइल व्यक्तिलाई धम्की दिएको खुलेको छ ।

पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले करिब १ महिनाअघि फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी गरिसकेको थियो । जबरजस्ती असुली र आपराधिक षड्यन्त्रसम्बन्धी कसुरमा मंसिर २६ गते इन्टरपोलमार्फत डिफ्युजन नोटिस पनि जारी गरिएको थियो ।

फिलिपिन्सको इमिग्रेसन ब्युरोले पाठक विदेशमा रहँदा गम्भीर सुरक्षा जोखिमसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको जनाएको छ । अनुसन्धानका क्रममा उनले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साएको, आर्थिक सहयोगको प्रस्ताव गरेको तथा हतियारमा पहुँचबारे चर्चा गरेको विवरण भेटिएको बताइएको छ ।

त्यस्तै, उनी १ उच्च पदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षड्यन्त्रसँग पनि जोडिएको दाबी गरिएको छ । प्रहरी अनुसन्धानअनुसार पाठक सन् २०२५ अगस्ट १८ मा फिलिपिन्स प्रवेश गरेका थिए ।

उनलाई डिसेम्बर १८ सम्म बसोबासको अनुमति दिइएको थियो । अहिले उनीमाथि सम्बन्धित निकायमार्फत थप कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.