उदयपुरमा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु, आरोपीद्वारा आत्महत्याको प्रयास

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार १३:३२
सांकेतिक तस्बिर

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको छुरा प्रहार गरी हत्या गरेका छन्। बेलका नगरपालिका वडा नम्बर ३, किराँत चोकका खगेन्द्र राईले श्रीमती गंगा राईको हत्या गरेका हुन्।

प्रहरीका अनुसार आइतबार बिहान आपसी विवादका क्रममा खगेन्द्रले गंगामाथि धारिलो हतियार (छुरा) प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएकी गंगालाई तत्काल उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ।

श्रीमतीलाई आक्रमण गरेपछि खगेन्द्रले सोही छुराले आफ्नो शरीरका विभिन्न भागमा प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए। स्थानीय बासिन्दाले घटना देखेपछि तत्काल उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए। हाल खगेन्द्रको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरी निगरानीमा उपचार भइरहेको छ। उनको अवस्था समेत गम्भीर रहेको बताइएको छ।

अनुसन्धान सुरु सामान्य घरायसी विवादले उग्र रूप लिँदा यो घटना घटेको प्रारम्भिक अनुमान गरिएको छ।घटनाको विषयमा थप सत्यतथ्य पत्ता लगाउन इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले सुक्ष्म अनुसन्धान सुरु गरेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.