मोरङको सुनवर्षीका वडा सचिव कारागार चलान

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार १५:४६

विराटनगर । बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मोरङको सुनवर्षी नगरपालिकाका वडा सचिव ३१ वर्षीय ईश्वरराज रेग्मी कारागार चलान भएका छन् ।

सुनवर्षी–२ का वडा सचिव रेग्मीलाई जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । न्यायाधीश मणिराम ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो ।

तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न पुस १७ गते आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनका अनुसार आदेशपछि रेग्मीलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ ।

खोटाङको ऐँसेलुखर्क गाउँपालिका–७ घर भएका रेग्मीलाई प्रहरीले गत मंसिर २१ गते पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको थियो । कक्षा १० मा अध्ययनरत १७ वर्षीया बालिकालाई बलात्कार (जबरजस्ती करणी) गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

बालिकालाई मंसिर १४ गते राति आफ्नै कोठामा राखेर बलात्कार गरेको भनेर रेग्मीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । त्यो दिन बालिका साथीको वर्थ–डे (जन्मदिन) मनाउन भनेर घरबाट हिँडेकी थिइन् ।

भोलिपल्ट पनि घर नफर्किएपछि अभिभावकले प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका थिए । खोजी गरेर बालिकालाई फेला पारेपछि सोधपुछ गर्दा घटना बाहिर आएको प्रहरीले जनाएको छ ।

प्रहरीले रेग्मीविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो ।

अदालतमा रेग्मीको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भएको थियो । थुनछेक बहस सकिएपछि इजलासबाट थुनामा पठाउन आदेश भएको अदालतका सूचना अधिकारी बुढाथोकीले बताए । यो मुद्दाको फैसला पछि हुने छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.