बेलकामा छुरा प्रहारबाट श्रीमतीको हत्या 

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार १७:११

विराटनगर । उदयपुरको बेलका नगरपालिका –३ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बेलका– ३ किराँत चोकका खगेन्द्र राईले श्रीमती गंगा राईलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनाबीच झगडा हुँदा खगेन्द्रले छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी गंगाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा मृत्यु भएको हो ।

श्रीमतीलाई छुरा प्रहार गरी घाइते बनाएका खगेन्द्रले पनि आफ्नो शरीरका विभिन्न ठाउँमा छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए ।

दुवै जनालाई  स्थानीयले देखेर तत्कालै उपचारका लागि धरान पठाएका थिए । उपचारका क्रममा श्रीमतीको मृत्यु भयो भने खगेन्द्रको प्रहरीको निगरानीमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.