
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी महिला टी २० विश्वकप २०२६ (इङ्ल्यान्ड तथा वेल्स) का लागि हुने ग्लोबल क्वालिफायर्स खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।
घोषित टोलीको कप्तानमा इन्दु बर्मा रहेकी छन् भने पूजा महतो उपकप्तानको जिम्मेवारीमा चयन भएकी छन् ।
टोली अन्य खेलाडीमा रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय रहेका छन्।
आइसिसी महिला टी २० विश्वकप २०२६ का लागि हुने ग्लोबल क्वालिफायर्स आगामी जनवरी १४ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुनेछ । प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान तथा मूल पानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
घरेलु मैदानमै हुने यो प्रतियोगितामा नेपाली टोलीले विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको छ।

























