दमकको होटलमा खैरो हेरोइनको कारोबार, प्रहरीले हान्यो छापा

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार ०८:४५
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । झापा दमकको एउटा होटलमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)को कारोबार भइरहेको पाइएको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले कञ्चनजंघा होटलमा छापा हानेको छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्साल नेतृत्वको टोलीले सोमबार छापा हानेर कारोबारमा संलग्न युवतीसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–३ की १९ वर्षीया मनिका राई, दमक नगरपालिका–१ का २६ वर्षीय सुरज कुमाल र ३१ वर्षीय कृष्णबहादुर श्रेष्ठ रहेका छन् । उनीहरुलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दमकको कञ्चनजंघा होटलमा लागुऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा छापा मार्दा उनीहरू लागुऔषध र नगदसहित फेला परेका थिए । पक्राउ परेकाहरू रहेको होटलको कोठाबाट ब्राउन सुगर ६ ग्राम ७ सय ८० मिलिग्रामका साथै ३३ हजार रुपैयाँ बरामद गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय दमककको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.