घरेलु हतियार, नगद र खैरो हेरोइनसहित कारोबारी पक्राउ

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १८:५६

विराटनगर । झापाको बिर्तामोडबाट घरेलु हतियार, नगद र ठूलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित कारोबारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले बिर्तामोड नगरपालिका–१ सूर्यनगरस्थित अजय राजवंशीको घरमा छापा मारेको थियो । त्यस क्रममा ठूलो मात्रामा लागुऔषध तथा घरेलु हतियार र नगद बरामद भएको छ ।

अजयको घरको कोठामा दिउँसो १ः३० बजेतिर छापा मार्दा ब्राउन सुगर १२३ ग्राम १८० मिलिग्राम ब्राउन सुगर, नेपाली २ लाख ६७ हजार रूपैयाँ र भारतीय २९ हजार ५ सय रूपैयाँ बरामद भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार चक्कु, कैँचीसहितका घरेलु हतियार र लागुऔषधको कारोबारमा प्रयोग गरिने डिजिटल तराजु पनि बरामद भएको छ ।

पक्राउ परेका अजयलाई बरामद भएको लागुऔषधसहितका सामान र नगदसहित इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस विषयमा इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानले अजय लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको देखाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.