सांकेतिक तस्बीरविराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीले मंगलबार चेकजाँचको क्रममा ३ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सुनवर्षी–२ की गोमा भेट्वाल, रोहन यादव र एकवाल खान मिया रहेका छन्।
यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–४ का हिरा साहलाई ७६० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ। उता, धरान उपमहानगरपालिका–२० का जीवन राई र क्रिष श्रेष्ठलाई वडा प्रहरी कार्यालय धरानले ठुलो परिमाणको प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट ट्रामोल ४०० क्याप्सुल र स्पास्पेन ४०० ट्याब्लेट बरामद गरेको छ। पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।

























