संखुवासभाको हेदाङ्नामा प्रहरीको नयाँ भवन, डीआईजी घिमिरेले गरे उद्घाटन

Share this
838shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १७:२४

विराटनगर । संखुवासभा जिल्लाको मकालु गाउँपालिका–३ हेदाङ्नास्थित इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।

नवनिर्मित कार्यालय भवनको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बुधबार औपचारिक रूपमा उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले नयाँ भवन सञ्चालनमा आएसँगै नागरिकले प्रहरी सेवा सहज र प्रभावकारी रूपमा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे ।

उनले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने काम थप सुदृढ हुने, समुदायसँगको सहकार्य मजबुत बन्ने र जनचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने बताए । दुर्गम, पहाडी तथा हिमाली भू–भाग रहेको यस क्षेत्रका बासिन्दालाई सुरक्षित समाजको अनुभूति गराउनु नेपाल प्रहरीको प्रमुख दायित्व भएको घिमिरेले उल्लेख गरे ।

उनले इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई कर्तव्यनिष्ठ, अनुशासित, इमानदार र सेवाभावका साथ नागरिकको भावनालाई सम्मान गर्दै सेवा प्रवाह गर्न निर्देशन दिए । डीआईजी घिमिरेले भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति आभार प्रकट गरे ।

कार्यक्रमको अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता गौरीमाया पराजुली, रन्जित पराजुली र श्रीबहादुर राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेकाहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

भवनको समुद्घाटन कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पा, भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटे, संखुवासभा प्रहरी प्रमुख डीएसपी कुमारप्रसाद मैनालीसहित स्थानीय र प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

१६ कोठा रहेको अढाई तले उक्त भवन ३ करोड २० लाख ८६ हजार ३ सय ५७ रुपैयाँको लागतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा निर्माण सम्पन्न भएको हो । नयाँ भवन निर्माणसँगै हेदाङ्ना क्षेत्रका नागरिकले थप व्यवस्थित र प्रभावकारी प्रहरी सेवा पाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.