बेलबारीबाट चोरी भएको स्कुटर विराटनगरमा भेटियो

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १६:५२

विराटनगर । मोरङको बेलबारीबाट चोरी भएको एउटा स्कुटर विराटनगरमा भेटिएको छ । उक्त स्कुटर ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

बेलबारी नगरपालिका–३ मा पार्किङ गरेर राखेको ठाउँबाट चोरी भएको प्र १–०२–०५२ प ६४८८ नम्बरको स्कुटर ट्राफिक प्रहरीले विराटनगरको तीनपैनीमा फेला पारेको हो । स्कुटर सुन्दरहरैँचा नगरपालिका–९ विराटचोकका नरेश भट्टराईको रहेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।

उनका अनुसार माघ १६ गते दिउँसो १२ बजेतिर स्कुटर चोरी भएको थियो । भट्टराई स्कुटर पार्किङ गरेर शौचालय गएका थिए । शौचालयबाट फर्किएर आउँदा स्कुटर चोरी भइसकेको थियो ।

चोरी भएको २ घण्टामै उक्त स्कुटर विराटनगरको तीनपैनीमा फेला परेको इन्स्पेक्टर न्यौपानेले बताए । ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान नन्दकिशोर साहले शंका लागेर स्कुटर रोकेका थिए ।

तर, ट्राफिक प्रहरीले रोकेपछि चाबीसहितको स्कुटर छाडेर चालक फरार भए । खोलेर हेर्दा डीकीमा बैंक भौचर फेला परेको थियो । उक्त भौचरमा लेखिएको मोबाइल नम्बरमा फोन गर्दा भट्टराईले आफ्नो स्कुटर चोरी भएको बताए ।

त्यसपछि भट्टराईलाई बोलाएर सोमबार स्कुटर बुझाइएको हो । चोरीमा संलग्नको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.