भारतसँग दक्षिण अफ्रिका पराजित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार ०७:११

एजेन्सी । पुरुष टी–२० विश्वकप अभ्यास खेलमा भारतसँग दक्षिण अफ्रिका पराजित भएको छ । भारतले दक्षिण अफ्रिकालाई ३० रनले पराजित गरेको हो ।

नवी मुम्बईमा बुधबार भएको खेलमा इशान किशनको आक्रामक अर्धशतकमा भारतले ५ विकेट गुमाउँदै २ सय ४० रन बनायो । टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि इशान किशनले २० बलमा ५३ रन जोड्दै सुरुवातमै दक्षिण अफ्रिकामाथि दबाब बनाए ।

Advertisement

तिलक वर्माले १९ बलमा ४५ रनको आकर्षक इनिङ्स खेले भने सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै भारतलाई ५ विकेटको क्षतिमा २ सय ४० रनसम्म पुर्याए । दक्षिण अफ्रिकाका लागि मार्को यान्सेनले किफायती बलिङ गर्दै १ विकेट लिँदै १८ रन मात्र खर्चिए ।

२ सय ४१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ७ विकेट गुमाउँदै २ सय १० रनमै अलआउट हुँदा खेल भारतले जितेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.