सुन चोरीमा संलग्नमाथि गोली प्रहार

Share this
631shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार ०८:४८

काठमाडौं । काठमाडौं बौद्ध टुसाल क्षेत्रमा भएको १ करोड रुपैयाँभन्दा बढीको सुन चोरी प्रकरणमा संलग्न १ व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

गोली लागेर घाइते भएका ती व्यक्तिको हाल काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बौद्ध टुसालस्थित स्थानीय रिन्जी लामाको घरबाट सुनका गहना चोरी गर्ने व्यक्ति प्रेम थारु हुन् ।

उनी नेपालगञ्जका बासिन्दा रहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो लामाको घरबाट करिब ३० तोला सुन, केही चाँदीका गहना र सिमालासहित जम्मा १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।

चोरीपछिको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले थारुलाई पक्राउ गर्ने प्रयास गरेको थियो । सो क्रममा उनी भाग्न खोजेपछि बाध्य भएर गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली थारुको खुट्टामा लागेको र त्यसपछि उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

चोरीमा अन्य व्यक्ति संलग्न छन् कि छैनन् भन्ने विषयमा पनि खोजी जारी रहेको जनाइएको छ । बरामद गरिएका सुन तथा अन्य सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनास्थल आसपासका सीसीटीभी फुटेज पनि संकलन गरी विश्लेषण भइरहेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो समय सुन तथा बहुमूल्य गहनाको चोरीका घटना बढ्दै गएको भन्दै प्रहरीले घरको सुरक्षामा थप सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.