निर्वाचन सुरक्षा तयारीमा प्रहरी

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २२, बिहीबार ०८:५४
 नेपाल प्रहरीमा व्यापक हेरफेर: १२० जना डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यसहित निर्वाचन लक्षित प्रहरी प्रशिक्षण सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार सञ्चालन गरिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो चरणमा प्रहरी प्रधान कार्यालय विभिन्न ब्यूरो तथा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)देखि प्रहरी कार्यालय सहयोगीसम्म गरी ४ हजार १ सय ४८ जनालाई चरणबद्ध रूपमा १० दिनको प्रशिक्षण दिइनेछ ।

यससँगै, देशभरका जिल्ला प्रहरी कार्यालयमा गठन गरिएका निर्वाचन ‘सेल’मार्फत निर्वाचन सुरक्षामा खटिने अन्य प्रहरीका लागि पनि चरणबद्ध तालिम सञ्चालन गरिने तयारी छ । तालिममा निर्वाचन सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा, निर्वाचन आचारसंहिता, प्रहरीको भूमिका र दायित्व, सम्भावित चुनौती र त्यसको सामना गर्ने उपाय, सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति, साथै प्रहरी ऐन र नियमावलीमा उल्लेखित निर्वाचनसम्बन्धी अपराध तथा दण्ड सजायका प्रावधानहरूबारे प्रशिक्षण दिइनेछ ।

निर्वाचनलाई व्यवस्थित, सुरक्षित र विश्वासयोग्य बनाउन तालिम प्रभावकारी हुने अपेक्षा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.