कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २४, शनिबार १२:५४

काठमाडौँ। नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषय र पार्टीका आन्तरिक निर्देशिकाहरूका बारेमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक भोलि आइतबार बिहान ८ः३० बजे भर्चुअल माध्यम (जुम) मार्फत बस्ने तय भएको छ ।

बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध गरिएको छ । बैठकका लागि मुख्य रूपमा तीन वटा एजेन्डाहरू तय गरिएका छन् जसमा आगामी निर्वाचनको तयारी र पार्टीको आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विषयहरू रहेका छन् ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार बैठकमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२ र नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ माथि विस्तृत छलफल हुनेछ । यसका साथै पार्टीभित्रको अनुशासन कायम राख्न महत्वपूर्ण मानिने केन्द्रीय अनुशासन समिति गठनका बारेमा पनि बैठकले आवश्यक निर्णय लिने बताइएको छ ।

बैठकले आगामी आम निर्वाचनका लागि पार्टीको रणनीतिक तयारी र साङ्गठनिक सुदृढीकरणका लागि आवश्यक मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.