सुन्दरहरैँचाको पाथीभरा मन्दिरमा भक्तजनको घुइँचो (फोटो फिचर)

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ माघ २४, शनिबार १५:१३

मोरङको सुन्दरहरैँचा नगरपालिका-८ चन्द्रनगरस्थित पाथीभरा मन्दिरमा शनिबार बिहान दर्शनार्थीहरुको ठूलो भिड लागेको छ। हिन्दु धर्मावलम्बीहरुले विशेष श्रद्धाका साथ पूजा अर्चना गर्ने पाथीभरा देवीको दर्शनका लागि यहाँ बिहानैदेखि भक्तजनहरुको ताँती देखिएको हो।

ताप्लेजुङमा रहेको मुख्य पाथीभरा मन्दिरको शक्तिका कारण अन्य विभिन्न स्थानमा स्थापना गरिएका पाथीभरा मन्दिरहरुमा पनि सधैंजसो श्रद्धालुहरुको घुइँचो लाग्ने गरेको छ। विशेषगरी हप्ताको शनिबार र मंगलबार मन्दिरमा दर्शनार्थीको उपस्थिति उल्लेख्य रहने गर्छ। कुनै विशेष चाडपर्व वा उत्सवका समयमा भने यो चहलपहल अझै बढ्ने स्थानीय बताउँछन्।

Advertisement

धार्मिक आस्था र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको यस मन्दिरमा आएका भक्तजनहरुले भजनकीर्तन र पूजापाठ गरेर समय बिताएका छन्। पछिल्लो समय मोरङका विभिन्न स्थानबाट मात्र नभई छिमेकी जिल्लाहरुबाट पनि यहाँ दर्शनका लागि आउनेहरुको संख्या बढ्दो क्रममा छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.