
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुआत गरेको छ ।
भारतले शनिबार भएको आफ्नो पहिलो खेलमा एसोसिएट राष्ट्र अमेरिकाविरुद्ध २९ रनको जित निकालेको हो ।
मुम्बईस्थित वान्खेडे रंगशालामा भारतले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

























