विराटनगरबाट भन्सार छलीको आशंकामा २ वटा ट्रक प्रहरीको नियन्त्रणमा

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार १५:५३

विराटनगर । भन्सार छलीको आशंकामा विराटनगरबाट प्रहरीले २ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । कपडा लोड गरिएको ट्रक आइतबार साँझ रानी–रोडशेष सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका–१४ नेपाल टेलिकम अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार भारतबाट नेपाल प्रवेश गरेका प्र ३–०१–००५ ख ९४२५ र प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । ९४२५ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४९ वर्षीय ऋषिराम पौडेल र अर्को ट्रकका चालक रामेछापको मन्थली नगरपालिका–१० का ३७ वर्षीय कुमार बुढाथोकी हुन् ।

लत्ताकपडा लोड गरिएको ट्रक नियन्त्रणमा लिएर दुवै चालकलाई पक्राउ गरिएको जानकारी डीएसपी चौधरीले दिए । उनका अनुसार बिल बीजकभन्दा बढी कपडा लोड रहेको र भन्सार मूल्यांकन कम गरेर राजस्व चुहावट गरिएको भन्ने सूचनाका आधारमा चालकसहित दुवै ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

ट्रकमा लोड गरिएको लत्ताकपडाको अन्दाजी मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रूपैयाँ रहेको अनुमान गरिएको छ । चालकसहित नियन्त्रणमा लिइएको ट्रकलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.