टी–२० विश्वकप : दक्षिण अफ्रिकाको प्रभावशाली सुरुवात, क्यानडा ५७ रनले पराजित

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार ०७:३७

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले प्रभावशाली सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले क्यानडामाथि ५७ रनको स्पष्ट जित हात पार्दै प्रतियोगितामा आत्मविश्वासपूर्ण प्रवेश गरेको हो ।

टस जितेर क्यानडाले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर २१३ रनको बलियो योगफल तयार गर्‍यो । उच्च रनरेटमा खेलेको दक्षिण अफ्रिकाको इनिङ्समा कप्तान एडन मार्करम मुख्य आकर्षण बने ।

उनले ३२ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ५९ रनको आक्रामक अर्धशतक पूरा गरे । उनको इनिङ्सले दक्षिण अफ्रिकालाई ठूलो स्कोरतर्फ डोर्‍यायो ।

क्यानडाका बलरमध्ये अंश पटेल सबैभन्दा सफल देखिए । उनले ३ विकेट लिए पनि अन्य बलरहरूले रन नियन्त्रण गर्न सकेनन् । जसको फाइदा दक्षिण अफ्रिकाले खुलेर उठायो ।

२१४ रनको कठिन लक्ष्य पछ्याएको क्यानडाले सुरुआतमा संघर्ष गर्‍यो । यद्यपि, नवनीत धालिवालले १ छेउ सम्हाल्दै अर्धशतकीय इनिङ्स खेले ।

उनले ४९ बलमा ७ चौका र १ छक्कासहित ६४ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन भने सकेनन् । क्यानडाले अन्ततः २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रनमै सीमित रहनुपर्‍यो ।

दक्षिण अफ्रिकाका लागि तीव्र गतिका बलर लुंगी एनगिडी निर्णायक साबित भए । उनले ४ विकेट लिँदै क्यानडाको ब्याटिङ लाइनलाई लगातार दबाबमा राखे । अन्य बलरहरूले पनि अनुशासित प्रदर्शन गर्दै रन रोक्ने भूमिका खेले ।

यस जितसँगै समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड दुवैले विश्वकपमा विजयी सुरुवात गरेका छन् । दक्षिण अफ्रिकाको यो प्रदर्शनले प्रतियोगितामा उसलाई १ बलियो दाबेदारका रूपमा स्थापित गरेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×