चलचित्र ‘कुमारी’ लाई समीक्षकको उच्च अंक, ४ स्टार रेटिङ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १०:१०

काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ले समीक्षक र दर्शक दुवैबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। विशेष गरी चलचित्र समीक्षकहरूले यसको मौलिक कथावस्तु, सांस्कृतिक पक्ष र प्रेम कथाको तारिफ गर्दै ४ स्टारसम्मको रेटिङ दिएका छन्।

प्रेम कथा र महिला संवेदनालाई मुख्य विषय बनाएको यस चलचित्रलाई समीक्षकहरूले लामो समयपछि आएको एक ‘धमाकेदार’ नेपाली चलचित्रको रूपमा व्याख्या गरेका छन्। समीक्षकहरूका अनुसार, यो चलचित्र विशेष गरी छोरीहरूले हेर्नै पर्ने बनेको छ। महिला दर्शकका लागि अत्यन्तै मर्मस्पर्शी र अर्थपूर्ण रहेको यो चलचित्रले सामाजिक संस्कार र परम्परालाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ।

चलचित्रको मुख्य सबल पक्ष यसको कथा वाचन शैली रहेको समीक्षकहरूको बुझाइ छ। यसले महिलाहरूको कुमारीत्वको महत्त्व र त्यससँग जोडिएको पारिवारिक एवं मनोवैज्ञानिक पाटोलाई गहिराइमा पुगेर उजागर गरेको छ। सस्पेन्स र इमोसनको सन्तुलनले दर्शकलाई अन्तिमसम्म पर्दामा बाँधिराख्न सफल भएको समीक्षामा उल्लेख छ।

अभिषेक खड्का, आकृति राजभण्डारी र मधु खड्का लगायतका कलाकारहरूको अभिनयले कथालाई थप जीवन्त बनाएको छ। केवल मनोरञ्जन मात्र नभई एउटा गम्भीर सामाजिक विमर्शको थालनी गर्ने चलचित्रको रूपमा ‘कुमारी’लाई हेरिएको छ। युवा पुस्ताको रोजाइ र अपेक्षालाई सम्बोधन गर्न सफल भएकाले हलमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.