झापा गोल्डकप: सेमिफाइनल प्रवेशका लागि एपिएफ र रोयल थिम्पु भिड्दै

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २८, बुधबार ११:४४

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेल आज (बुधबार) हुँदैछ। आजको रोमाञ्चक भिडन्तमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेज (आरटिसी) आमनेसामने हुनेछन्।

दिउँसो ३ बजे सुरु हुने यस खेलमा दुवै टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। राष्ट्रिय लिगमा उत्कृष्ट लयमा रहेको एपिएफ र दक्षिण एसियाकै उदीयमान टोली मानिने भुटानी क्लबबीचको यो प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। यसअघि मंगलबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले पोखरालाई हराउँदै सेमिफाइनलको यात्रा तय गरिसकेको छ।

मैदानमा खेलाडीबीचको प्रतिस्पर्धासँगै दर्शकका लागि पनि आकर्षक उपहारको व्यवस्था गरिएको छ। बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले हरेक दिन एक जना भाग्यशाली दर्शकलाई ३२ इञ्चको एलइडी टिभी प्रदान गर्दै आएको छ भने प्रतियोगिताभरका दर्शकमध्ये एक जनाले गोलाप्रथाबाट यामाहाको स्कुटर पाउनेछन्।

झापा गोल्डकपको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र प्रशिक्षकलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको अन्तिम फाइनल खेल आगामी फागुन ४ गते हुनेछ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.