टी-२० विश्वकप: इटलीसँग नेपाल १० विकेटले स्तब्ध

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १८:१४

मुम्बई। आईसीसी टी-२० विश्वकप २०२६ मा नेपालले इटलीसँग १० विकेटको अप्रत्याशित र लज्जास्पद हार व्यहोरेको छ । मुम्बईको वानखेडे स्टेडियममा बिहीबार भएको खेलमा नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले मात्र १२.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

पहिले ब्याटिङ गरेको नेपाल इटलीका स्पिनर सामु निरीह बन्दा १९.३ ओभरमा १२३ रनमै अलआउट भयो । नेपालका लागि आरिफ शेखले २७, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । इटलीका क्रिसन कालुगमागेले ३ र बेन्जामिन मानेन्टीले २ विकेट लिए ।

जवाफी ब्याटिङमा इटलीका मोस्का दाजुभाइ एन्थोनी र जस्टिनले विष्फोटक ब्याटिङ गर्दै नेपालको बलिङ ध्वस्त पारे । दुवैले अविजित अर्धशतक प्रहार गरेपछि विश्वकपमा डेब्यु गरिरहेको इटलीले ऐतिहासिक पहिलो जित दर्ता गर्यो ।

लगातार दोस्रो हारसँगै नेपालको सुपर एट पुग्ने सम्भावना निकै कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×