इलाममा दिदीबहिनीबीच कपाल लुछालुछ, बहिनीको मृत्यु

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २, शनिबार १४:२०

इलाम । इलामको फाकफोकथुम क्षेत्रमा दिदीबहिनीबीच झगडा हुँदा बहिनीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरमा घरायसी विवादलाई लिएर २९ वर्षीया अञ्जली लिम्बू र उनकी काकाकी छोरी (दिदी) ३७ वर्षीया पुष्पा लिम्बूबीच विवादपछि झगडा भएको थियो । दिदीबहिनीबीच झगडाका क्रममा कपाल लुछालुछ भएको थियो ।

विवाद चर्किँदै जाँदा कपाल लुछालुछसम्मको झगडा भएर अञ्जली गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शनिबार दिउँसो १२ः२५ बजेतिरको हो ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । झगडामा संलग्न पुष्पा लिम्बूलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान सुरु गरिएको इलाम प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.