आचारसंहिता उल्लंघन गरेको भन्दै अनलाइनमाथि कारबाही गर्न आयोगको पत्र

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १२:३४

काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत समाचार सम्प्रेषण गरेको भन्दै ‘सेतोपाटी’ अनलाइनमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगले सोमबार प्रेस काउन्सिल नेपाललाई पत्र लेख्दै उक्त अनलाइनमाथि आवश्यक कारबाही गर्न अनुरोध गरेको हो।

सेतोपाटीले फागुन ३ गते ‘चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो’ र फागुन ४ गते ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। यी समाचारहरूले निर्वाचन आचारसंहिता २०८२ को उल्लंघन गरेको आयोगको निष्कर्ष छ।

आचारसंहिताको दफा ४ को खण्ड (त) अनुसार उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म कसैको पक्ष वा विपक्षमा मत सर्वेक्षण गर्न वा त्यसको परिणाम घोषणा गर्न पाइँदैन। त्यस्तै, दफा २५ ले सञ्चारमाध्यमलाई कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन गर्न रोक लगाएको छ। यी व्यवस्थाको प्रतिकूल कार्य गरेको भन्दै आयोगले सेतोपाटीमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यसअघि आजै चितवन–३ की उम्मेदवार रेनु दाहालले पनि उक्त समाचारप्रति कडा आपत्ति जनाएकी थिइन्। निर्वाचनको मुखमा भ्रामक र पूर्वाग्रही ढङ्गले समाचार आएको भन्दै राजनीतिक वृत्तमा समेत यसबारे चर्चा सुरु भएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.