वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ४ जना पक्राउ

Share this
607shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार ०८:३९
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने प्रलोभन देखाई ६५ लाख ३३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा झापा अर्जुनधाराका ५१ वर्षीय धर्मप्रसाद राई र ४२ वर्षीय गोविन्दप्रसाद निरौला, काठमाडौँ तारकेश्वरकी ३५ वर्षीया निमा डोल्मा लामा र गोरखा गण्डकी गाउँपालिकाका ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका छन्। उनीहरूले अष्ट्रिया, बेलायत, टर्की र रोमानिया पठाउने भन्दै पीडितहरूबाट मोटो रकम असुल गरेर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामध्ये निमा डोल्मा लामाले मात्रै बेलायत पठाउने नाममा ५० लाख रुपैयाँ ठगी गरेकी छिन्। त्यस्तै, सुरजबहादुरले साढे ७ लाख, धर्मप्रसादले ५ लाख ८५ हजार र गोविन्दप्रसादले २ लाख ३ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।

पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ। वैदेशिक रोजगारीमा जाँदा आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अघि बढाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.