संघर्षपूर्ण खेलमा उरुग्वे रोकियो, केप भर्डेले फेरि देखायो अप्रत्याशित क्षमता

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार ०६:२७

अमेरिका । फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वेले नवप्रवेशी टोली केप भर्डेविरुद्ध जित निकाल्न नसक्दा अंक बाँड्न बाध्य भएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सम्पन्न समूह ‘एच’ अन्तर्गतको खेल २–२ को बराबरीमा टुंगिएको हो ।

विश्व फुटबलमा पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले लगातार दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वीलाई रोक्दै आफ्नो प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गरेको छ । यसअघि उसले स्पेनसँग पनि बराबरी खेलेको थियो ।

खेलको २१औं मिनेटमा केभिन पिनाले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर उरुग्वे खेलमा फर्कियो । ४४औं मिनेटमा म्याक्सी अराजोले बराबरी गोल गरे । पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए ।

तर, मध्यान्तरपछि उरुग्वेले आफ्नो अग्रता कायम राख्न सकेन । ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरबीच तालमेल नमिल्दा त्यसको फाइदा उठाउँदै हेलियो भारेलाले गोल गरेर केप भर्डेलाई पुनः खेलमा फर्काए ।

त्यसपछि दुवै टोलीले थप अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेनन् । खेल २–२ को बराबरीमा सकियो । बल नियन्त्रणमा उरुग्वे स्पष्ट रूपमा हाबी रह्यो । उसले केप भर्डेको तुलनामा झण्डै दोब्बर समय बल आफ्नो नियन्त्रणमा राख्नुका साथै बढी प्रहार पनि गर्‍यो । तर, सिर्जना भएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा जित हात पार्न असफल रह्यो ।

यो नतिजापछि समूह ‘एच’मा उरुग्वे र केप भर्डेको समान दुई खेलबाट दुई–दुई अंक पुगेको छ । दुई खेलबाट चार अंक बटुलेको स्पेन शीर्ष स्थानमा रहेको छ भने साउदी अरेबियाको खातामा एक अंक छ । केप भर्डेले लगातार दुई खेलमा बलिया टोलीलाई अंक बाँड्न बाध्य बनाएपछि समूहको प्रतिस्पर्धा थप रोचक बनेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×