झुम्का कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी तेह्रथुमबाट पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार ११:०७
झुम्का कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी तेह्रथुमबाट पक्राउ

विराटनगर । सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । ‘जेनजी आन्दोलन’ का क्रममा कारागारबाट भागेका तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई प्रहरीले घरैबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत तेह्रथुमले नेपालीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैदको फैसला सुनाएको थियो । ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेकै अवस्थामा उनी २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनको फाइदा उठाउँदै झुम्का कारागारबाट फरार भएका थिए ।

Advertisement

कारागारबाट भागेपछि उनी आफ्नै घरमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक रुपेश तामाङको नेतृत्वको टोलीले बिहीबार बिहानका राति २ बजेतिर उनलाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेपालीलाई बाँकी कैद भुक्तानका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाइने प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
अपहरणमा परेका ३०८ जनाको एकै दिन सकुशल उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.