सुनचाँदीको मूल्य घट्यो 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार १०:५८
सुनचाँदीको मूल्य घट्यो 

विराटनगर ।  नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मूल्य सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदीमा प्रतितोला ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बजारमा आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार बजारमा सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै, बजारमा आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.