अधुरो भेट, अजम्मरी सम्झना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार ०७:५७
अधुरो भेट, अजम्मरी सम्झना

उनको हृदयको गहिरो सागरमा चुर्लुम्म डुबेँ म । इन्द्रेणीमा सामान्यतया हुने सात वटा रङहरू उनको रूपलाई अभिव्यक्त गर्न फिक्का भए । आज फेरि बिहानी पख घामसँगै उदाए मेरा अनौठा रहरहरू । बाटुला आँखाको हेराइ, त्यो न्यानो स्पर्श, सुमधुर ध्वनि र वदनको महकले मभित्र एउटा गहिरो आत्मीयता जगायो । लाग्थ्यो हामी सँगै नभएर धेरै पहिले देखि साथमा थियौँ ।

माघ महिनाको कुरा हो । यो महिनामा बाहिर जति धेरै जाडो हुन्छ । भित्र हृदय मेरो उति न्यानो हुँदै जान्थ्यो । कस्तो लत लागेको थियो । जुनलाई नियाली रहने । र सुत्नुअघि म जस्तै छटपटाइ रहेको बादल हेर्नु । त्यस रात निद्राले मलाई छोडेर आफू मात्र निदाइ रहेको थियो । केही ताराहरू आकाशमा अझै चम्किरहेका थिए । जसरी मेरो मुहार एक्कासि उनलाई सम्झँदा चम्किन्थ्यो । जसोतसो म त्यो रात निदाएँ । म भोलि बिहानै उठेर क्याम्पसतिर जाँदै थिएँ । म वाणिज्य संकाय +२ अध्ययनरत छात्र थिएँ । क्याम्पस भर्खरै खुलेको थियो । र, त्यहाँ पढ्ने कसैलाई म चिन्दिन्थेँ पनि । त्यसैले म उत्साहित पनि थिएँ, खोइ कस्ता साथीहरूसँग भेट हुने हो आज ?

Advertisement

कक्षा कोठा नजिकै पुगेर ढोका बाहिरै बाट हेरेँ । सायद कोही ढोकै नजिकै रहेछ । त्यो व्यक्ति को होला ?  म अन्योलमा परेँ । त्यसपछि जब उनी फर्किन, लाग्यो खडेरीमा अचानक एउटा तिर्खाएको मान्छेले नदी भेटायो । जुन जस्तो मुहार त्यो पनि दाग बिनाको । म के बोलूँ ? के न बोलूँ ? भयो । एउटी अनुपम सुन्दरी मेरो छेउमै उभिएकी थिई ! मलाई होस नै भएन, मेरा नयन उनकै मुहारमा टपक्कै टाँसिएछन् ।

बिहानीको चिसो सिरेटोले उनको अनुहारलाई छोएर परेलीसम्म खसेका उनका फररर उडेका केसहरू मिलाउँदै थिए । सपक्क । मोती झैँ उनका नयनहरू झिलिक झिलिक गर्दै टल्किरहेका थिए । जसरी अँध्यारोमा जुनकिरी टिलपिल गर्थ्यो । आहा ! कति प्रिय आँखा ? मैले ती दुई सुन्दर नानीहरू आजसम्म भुलेको छैन ।

उनको घर ? सायद यतै हाइ स्कुल नजिकै होला । उनको हिँडाइमा एउटा अनुपम स्वतन्त्रता थियो । मेरो मन अझै पनि उनलाई पछ्याइ रहेको छ । ऊ सँगै हराएर गएको मन । आजसम्म फर्किएको छैन ।

उनले मेरो मन्द मुस्कानको भानसम्म गरिनन् । चुपचाप केही नभनी उनी भित्र पसिहालिन् । त्यो मौन आजसम्म मेरो मनमा सुरिलो भाका बनेर गुन्जिरहेको छन् । जुन मैले सुन्न सक्दिन । केवल महसुस मात्र गर्न सक्छु ।
मैले उनलाई त्यो दिन अन्तिम पटक भेटेँ । तर सपनामा सधैँ देख्थेँ । कहिल्यै बोल्न नसकेका कुराहरू भन्थेँ । कहिल्यै समात्न नसेका उनका हात समाउँथेँ । मेरो अनुमान, उनी यो सेक्सनको होइनन्, आज क्याम्पसको पहिलो दिन हो, आफ्नो पुरानो साथीहरूलाई भेट्न आएकी होलिन् । म उनलाई मेरै म बस्ने बेन्चको छेउमा देख्न चाहन्थेँ, तर कथाले अनुमति दिएन ।

ती सुन्दरीलाई क्याम्पसका सुन्दर–सुन्दर साथीहरूको प्रेम प्रस्ताव आउँछ । उनले चाहे तिनहरू मध्ये जो कोही सँग हिँड्ने अवसर पाएकी छन् । बेला–बेला उनको पछि लाग्नेहरूको ताँती हुँदो रहेछ । त्यसको एक उदाहरण त मैले पनि कहिलेकाहीँ देखेको हुँ ।

‘आज पाँच वर्ष बित्यो’–स्कुलबाट दिनभरि जागिर गरेर आएपछि । अचानक कलम समातेर । किन मैले लेख्न बसेँ ?

तपाइको प्रतिक्रिया
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
शंकास्पद मासुसहित दुई युवक पक्राउ
मनमोहन पोलिटेक्निकका डिप्लोमा विद्यार्थीले अब आफ्नै ठाउँमा बीटेक पढ्न पाउने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×