
काठमाडौं । नेपाल प्रहरीका १० जना एसपी (प्रहरी उपरीक्षक)लाई एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा गर्नका लागि सिफारिस गरिएको छ ।
बढुवा समितिको बैठकले बुधबार बढुवाको सिफारिस गरेको हो । पहिलो नम्बरमा रामप्रकाश शाह बढुवा सिफारिसमा परेका छन् ।
बढुवा सिफारिसमा पर्ने अन्यमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम हादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवासचन्द्र बोहरा रहेका छन् ।
यी हुन् बढुवा सिफारिसमा पर्नेहरु


























