
जाडो मौसम उत्तररार्धमा पुगेसँगै मोरङको ऐतिहासिक तथा पर्यटकीय स्थल धनपालगढीमा वनभोज (पिकनिक) खानेहरूको निकै चहलपहल बढेको छ। चिसो मौसममा फुर्सद निकालेर घाम ताप्दै पिकनिकमा रमाइलो गर्ने पुरानो चलन अहिले पनि उत्तिकै लोकप्रिय छ।
शनिबार र बिदाको दिन पारेर साथीभाइ, आफन्त तथा विभिन्न संघ–संस्था र समूहहरू समूह नै बनाएर धनपालगढी पुग्ने गरेका छन्। प्राकृतिक सौन्दर्य र ऐतिहासिक पृष्ठभूमि बोकेको यस क्षेत्रमा वनभोजसँगै नाचगान र रमाइलो गर्नेहरूको भिडले छुट्टै रौनक थपेको छ।


























