धरानका होटल–रेष्टुरेन्टमा ‘घुमुवा प्रहरी’ बनेर चन्दा असुली, नक्कली प्रहरी पक्राउ

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार ११:०४

सुनसरी । धरानको उपमहानगरपालिकाका विभिन्न होटल तथा रेष्टुरेन्टहरूमा आफू प्रहरीको घुमुवा भएको भन्दै चन्दा असुली गर्दै हिँड्ने एक १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले शनिबार राति धरान–१८ का होटलहरूमा रकम उठाउँदै गरेको अवस्थामा नक्कली प्रहरीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने व्यक्ति धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका–७ का ३५ वर्षीय धनबहादुर राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरानका डीएसपी भीषणबाबु राईका अनुसार धनबहादुरले आफू इलाका प्रहरी कार्यालय धरानमा कार्यरत घुमुवा प्रहरी भएको भन्दै होटल व्यवसायीहरूसँग पैसा माग्ने गरेको खुलेको छ । उनले प्रहरीको पहुँच र डर देखाउँदै नियमित रूपमा चन्दा उठाउने प्रयास गरिरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

होटल व्यवसायीहरूले उनको गतिविधि शंकास्पद देखेपछि इलाका प्रहरी कार्यालय धरानमा जानकारी गराएका थिए । प्राप्त सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदै शनिबार राति उनलाई चन्दा असुली गरिरहेको अवस्थामा पक्राउ गरेको हो । अनुसन्धानका क्रममा उनी प्रहरी नभई सर्वसाधारण व्यक्ति रहेको पुष्टि भएको छ ।

पक्राउ परेका धनबहादुरको साथबाट प्र–१–०२–०५९ प ३०७६ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । हाल उनलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीले सर्वसाधारण तथा व्यवसायीहरूलाई आफू प्रहरी भएको दाबी गर्दै रकम माग्ने व्यक्तिप्रति सचेत रहन र यस्ता गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.