बोरामा ‘प्याक’ गरिएको अवस्थामा ठूलो परिमाणको लागुऔषध बरामद

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार ०७:२७

विराटनगर । सुनसरीको धरानमा बोरामा ‘प्याक’ गरेर मोटरसाइकलमा ओसारपसार गर्दै गरेको अवस्थामा ठूलो परिमाणको लागुऔषध बरामद भएको छ ।

कालाबञ्जारबाट धरानतर्फ जाँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई धरान उपमहानगरपालिका–१७ एभीडी खानेपानी ट्यांकी छेउमा रोकेर चेकजाँच गर्दा लागुऔषध फेला परेको हो । बोरामा ‘प्याक’ गरेर मोटरसाइकलमा राखी लागुऔषध लैजाँदै गरेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले आइतबार बोरामा राखेर लैजाँदै गर्दा ९ हजार ९ सय १९ क्याप्सुल ट्रमाडोल बरामद गरेको हो । लागुऔषध ओसारपसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक कोशी गाउँपालिका–१ का २३ वर्षीय रोशन झा र पछाडि सवार १८ वर्षीय जयप्रकाश यादव रहेका छन् । बरामद भएको लागुऔषध, नियन्त्रणमा लिइएको मोटरसाइकल र पक्राउ परेका दुवै जना इलाका प्रहरी प्रहरी कार्यालय धरानको हिरासतमा छन् ।

उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेका दुवै युवा लागुऔषधको कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.