३ जनाको बीभत्स हत्या, अलमलियो प्रहरी अनुसन्धान

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार १०:०४
सांकेतिक तस्बिर

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, कसेरीघाटस्थित निर्माणाधीन फोहोरमैला प्रशोधन केन्द्रमा शनिबार बिहान ३ जनाको बीभत्स अवस्थामा शव फेला परेको छ। धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाए पनि घटना अझै रहस्यमय बनेको छ।

फेला परेका तीन शवमध्ये एक जनाको मात्र सनाखत भएको छ। मृतक शुक्लागण्डकी–११ पाल्पालीछापका अन्दाजी ४० वर्षीय नारायण विक रहेका छन्, जो सोही प्रशोधन केन्द्रमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए। घटनास्थलमा फेला परेका अन्य एक पुरुष र एक महिलाको पहिचान खुल्न सकेको छैन। उनीहरू फोहोर सङ्कलन गरेर गुजारा चलाउने व्यक्तिहरू भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलको प्रकृति अत्यन्तै दर्दनाक देखिएको छ। दुई पुरुषको शव पेट चिरिएको अवस्थामा फेला परेको थियो भने महिलाको शव घटनास्थलबाट करिब ७ सय मिटर तल खोलामा घाँटी रेटिएको अवस्थामा भेटिएको थियो। घटनास्थलमा हत्यामा प्रयोग भएको कुनै पनि हतियार फेला नपरेकाले अनुसन्धान थप चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले तालिमप्राप्त कुकुरसहित अनुसन्धान सुरु गरेको छ। डीएसपी श्रवणकुमार विकका अनुसार कुकुर शव भेटिएको स्थानबाट फोहोर प्रशोधन केन्द्र र क्याम्पस बस्ती हुँदै पृथ्वीराजमार्गसम्म पुगेर रोकिएको थियो। यसका आधारमा हत्यामा संलग्नहरू राजमार्गबाट गाडी चढेर फरार भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रहरीले हाल शवहरू पोस्टमार्टम र फरेन्सिक जाँचका लागि पठाएको छ। मृतकहरूको पूर्ण पहिचान हुन नसक्दा अनुसन्धानमा ढिलाइ भइरहेको भन्दै प्रहरीले आफ्ना कोही आफन्त वा चिनजानका व्यक्ति सम्पर्कविहीन भएमा तत्काल जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.