
विराटनगर । झापाकाे मेचीनगर नगरपालिका–११ स्थित कालिका सिमसार क्षेत्रबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित ९ जनालाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आइतबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा मेचीनगर नगरपालिका–७ बस्ने २६ वर्षीय बिमल मेचेको साथबाट प्लाष्टिक बाहेक ४ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर (खैरो लिसाइलो पदार्थ) र नगद ३० हजार रुपैयाँ बरामद भएको छ। मेचीनगर–११ का २३ वर्षीय प्रबिन राईको साथबाट ७ हजार ५ सय रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।
सोही स्थानबाट संकास्पद अवस्थामा रहेका अन्य ७ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्ने अन्य व्यक्ति:
१, कविस मेचे (२० वर्ष), मेचीनगर–८
२. बासु राजबंशी (२८ वर्ष), मेचीनगर–११
३. सुरेश खड्का (३४ वर्ष), मेचीनगर–११
४. कुमार गुरुङ (३५ वर्ष), बुद्धशान्ति–४
५. सन्दिप सराईली (२५ वर्ष), बुद्धशान्ति–३
६. घनश्याम माझी (३० वर्ष), मेचीनगर–१० (टिकापुर)
७. राजेन्द्र कुमार थापा (३८ वर्ष), बुद्धशान्ति–४
पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । कालिका सिमसार क्षेत्र लागुऔषध प्रयोगकर्ता र कारोबारीको केन्द्र बन्दै गएपछि प्रहरीले यस क्षेत्रमा निगरानी बढाएको छ । यसअघि सोही स्थानबाट लागुऔषध सेवन र कारोबारमा संलग्न ४३ जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइसकिएको प्रहरीले जानकारी दिएको छ ।

























