झापा, मोरङ र सुनसरीबाट ब्राउन सुगर र गाँजासहित ४ जना पक्राउ

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १०:११
सांकेतिक तस्बीर

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागुऔषध ब्राउन सुगर र गाँजासहित ४ जनालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो। झापाको अर्जुनधारा-८ का महमद सहवाज र अर्जुनधारा-७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले पक्राउ गरेको छ।

त्यसैगरी मोरङको सुन्दरहरैचा-९ बाट इलाका प्रहरी कार्यालय बिराटचोकको टोलीले ३७ किलो ३६ ग्राम गाँजासहित सुन्दरहरैचा-१० का योगेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। उता सुनसरीको भोक्राहा नर्सिङ-८ मा प्रहरी चौकी सिशुवाधरमपुरबाट खटिएको टोलीले भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४२ वर्षीय नौसाद आलमको साथबाट ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर फेला पारेको छ। पक्राउ परेका चारै जनामाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेका छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.