कांग्रेस आधिकारिकता विवाद सर्वोच्चमा: देउवाको रिटमाथि आज सुनुवाइ

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार १०:५७

काठमाडौँ। नेपाली कांग्रेसको आधिकारिकता र विशेष महाधिवेशनको वैधानिकतालाई लिएर सुरु भएको विवाद अब सर्वोच्च अदालतको इजलासमा पुगेको छ। गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमाथि आज (मंगलबार) सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतले उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेसी तोकेको छ। देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार दर्ता गराएको यस रिटलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न र गगन थापा नेतृत्वको समितिलाई कुनै पनि कामकारबाही गर्न नदिन अन्तरिम आदेशको माग गरिएको छ।

देउवा पक्षले विशेष महाधिवेशन विधानविपरीत र अवैध रहेको दाबी गरेको छ। निर्वाचन आयोगले एकपक्षीय रूपमा गगन थापा समूहलाई आधिकारिकता दिएको भन्दै सो निर्णयले पार्टीको विधि र पद्धतिमा गम्भीर आघात पुर्‍याएको उनीहरूको जिकिर छ। आगामी निर्वाचनको मनोनयन नजिकिँदै गर्दा अदालतबाट तत्काल न्याय नपाए पार्टीलाई अपूरणीय क्षति पुग्ने दाबी पनि रिटमा गरिएको छ।

यसअघि निर्वाचन आयोगले बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा सम्पन्न विशेष महाधिवेशन रितपूर्वक भएको ठहर गर्दै माघ २ गते गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको थियो। सो निर्णयसँगै थापाले पार्टीको नेतृत्व सम्हालेका छन्। यो सुनुवाइले नेपाली कांग्रेसको भविष्य र आसन्न निर्वाचनमा उम्मेदवारी दिने आधिकारिकता कसको हुने भन्ने कुराको निकै हदसम्म छिनोफानो गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.