१९ वर्षअघि किशोरीको हत्या गरी फरार अभियुक्त पक्राउ

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार ११:२७
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सिरहा । सिरहा प्रहरीले १९ वर्षअघि एक १६ वर्षीया किशोरीको घाँटी थिची हत्या गरेर फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । वि.सं. २०६३ सालमा भएको उक्त जघन्य अपराधमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका–१२ का ४९ वर्षीय उतिम मुखिया पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार २०६३ साल मङ्सिर १३ गते तत्कालीन बेलहा गाउँ विकास समिति–७ की किशोरी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरी अनुसन्धानबाट मुखियाले ती किशोरीलाई प्रेम प्रस्ताव राखेको र उक्त प्रस्ताव अस्वीकार गरेपछि आक्रोशमा आएर सल र हातले घाँटी थिची हत्या गरेको खुलेको छ ।

हत्यापछि पक्राउ पर्ने डरले मुखिया लामो समयदेखि भारतका विभिन्न सहरहरूमा लुकीछिपी बस्दै आएका थिए । उनी हालै मात्र आफ्नै घरमा आएर लुकेर बसेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई माघ ३ गते नियन्त्रणमा लिएको हो । पक्राउ परेका मुखियामाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.