पाँचथरमा ५५ कार्टुन अवैध मदिरा बरामद, १ जना पक्राउ

Share this
815shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार ०७:४०

पाँचथर । पाँचथरमा भारतबाट अवैधरूपमा भित्र्याइएको ठूलो परिमाणको मदिरासहित १ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा प्रहरीले ५५ कार्टुन मदिरा बरामद गर्दै हिलिहाङ गाउँपालिका–२ का शंकर प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ताप्लेजुङतर्फ जाँदै गरेको यात्रुबाहक बसमा मदिरा लुकाएर लैजाँदै गरिएको अवस्थामा फिदिम नगरपालिका–जोरसालबाट प्रसाईंलाई पक्राउ गरिएको हो । बसभित्र लुकाइराखिएको अवस्थामा सिक्किमे कञ्चन ब्रान्डका १८ कार्टुन, टाइगर ब्रान्डका ३३ कार्टुन र सिक्किमे गोल्ड ब्रान्डका ४ कार्टुन मदिरा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद मदिरा अवैधरूपमा भारतबाट ल्याइएको हो । कार्टुनभित्र ६ सय ६० बोतल मदिरा रहेको थियो । पाँचथर प्रहरी प्रमुख डीएसपी अनिश कर्णले बरामद मदिरासहित पक्राउ परेका प्रसाईंलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय झापा पठाइएको जानकारी दिए ।

उनका अनुसार सीमावर्ती क्षेत्र हुँदै हुने अवैध मदिरा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले अवैध मदिरा कारोबारमा संलग्न अन्य व्यक्ति र सञ्जालबारे पनि अनुसन्धान अघि बढाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.