गाँजा बोकेको मोटरसाइकल छाडेर चालक फरार, पछाडि बस्ने महिला पक्राउ

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार १४:०२

विराटनगर । सुनसरीको धरानमा गाँजा बोकेको मोटरसाइकल छाडेर चालक फरार भएका छन् । तर, मोटरसाइकलको पछाडि सवार महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले बुधबार धरान उपमहानगरपालिका–२ स्थित चिनियाँ चोकमा प्रदेश १–०२–०४६ प ८९९१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । रत्नारोडबाट पुरानो बजारतर्फ जाँदै गरेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले रोक्नसाथ गाँजा बोकेको मोटरसाइकल छाडेर चालक फरार भएका थिए । प्रहरीले मोटरसाइकलको पछाडि सवार धनकुटाको चौबिसे गाउँपालिका–७ की ३३ वर्षीया मनमाया लिम्बूलाई भने नियन्त्रणमा लिएको छ ।

लिम्बूले बोकेको कालो झोलाबाट ९ किलो ३ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको मोटरसाइकल र बरामद भएको गाँजासहित लिम्बूलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.