उदयपुरमा गाँजा ओसार्न बालकको प्रयोग, १४३ किलोसहित ३ जना पक्राउ

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार १४:५३

उदयपुर । उदयपुर जिल्लामा गाँजा ओसारपसारका लागि बालकको समेत प्रयोग गरिएको तथ्य खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले १४३ किलो गाँजासहित १ जना युवक र २ जना नाबालकलाई पक्राउ गरेको छ । घटनाले उदयपुरमा गाँजा कारोबारीहरूले बालबालिकालाई जोखिमपूर्ण अपराधमा प्रयोग गर्न थालेको गम्भीर संकेत दिएको छ ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा बुधबार राति करिब ८ः४० बजे बेलका नगरपालिका–७ स्थित कान्चिराङ क्षेत्रमा निगरानी बढाइएको थियो । सोही सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरी टोलीले कान्चिराङबाट खमारेतर्फ बोरामा प्याक गरिएको सामान बोकेर पैदल हिँड्दै गरेका ३ जनालाई शंकास्पद अवस्थामा रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा उनीहरूले बोकेको बोराबाट ठूलो परिमाणमा अवैध गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा बेलका नगरपालिका–७ खमारेका २१ वर्षीय उमेश राई र २ जना नाबालक रहेका छन् ।

उदयपुरका प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार प्रारम्भिक अनुसन्धानमै उनीहरू गाँजा ओसारपसारमा संलग्न रहेको खुलेको हो । बरामद गाँजाको तौल करिब १४३ किलोग्राम रहेको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरी अनुसन्धानबाट पक्राउ परेका तीनै जना स्थानीय बासिन्दा भएको खुलेको छ । विशेषगरी नाबालकलाई समेत गाँजा बोक्न प्रयोग गरिएको तथ्यले अभिभावक, समाज र राज्य संयन्त्र सबैका लागि गम्भीर प्रश्न खडा गरेको छ ।

प्रहरीका अनुसार लागुऔषध कारोबारीहरूले कानुनी जोखिम कम गर्न र सुरक्षाकर्मीको निगरानी छल्न बालकलाई प्रयोग गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको देखिएको छ । उदयपुरमा यसअघि पनि ठूलो परिमाणमा गाँजा बरामद हुँदै आएको छ ।

गत पुस ११ गते चौदण्डीगढी नगरपालिका–३ पैतालिस चोकमा गरिएको सवारी चेकजाँचका क्रममा प्रहरीले ७६३ दशमलव ७६ किलोग्राम गाँजा बरामद गरेको थियो । लगातार ठूलो परिमाणमा गाँजा बरामद भइरहनुले उदयपुर लागुऔषध ओसारपसारको एउटा महत्वपूर्ण ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको आशंका प्रहरीको छ ।

बुधबार राति पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेर थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीका अनुसार गाँजा कहाँबाट ल्याइएको हो, कहाँ पुर्‍याउने तयारी थियो र यसको पछाडि संगठित समूह वा मुख्य कारोबारी को हुन् भन्ने विषयमा अनुसन्धान केन्द्रित छ ।

साथै, यस घटनासँग जोडिएका अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ । प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी कडा बनाइएको र विशेष गरी बालबालिकालाई अपराधमा प्रयोग गर्ने जो–कोहीलाई कानुनको दायरामा ल्याइने जनाएको छ ।

सरोकारवालाहरुले नाबालकलाई अपराधबाट जोगाउन अभिभावकको भूमिका, समुदायको सजगता र राज्यको प्रभावकारी हस्तक्षेप अपरिहार्य भएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.