आमा र छोराको हत्या, बुवा र छोरी घाइते

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १४, बुधबार ०८:३३

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा हत्या गरिएको अवस्थामा आमा–छोराको शव फेला परेको छ ।

अज्ञात समूहले धारिलो हतियारले आक्रमण गर्दा ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान करिब ३ बजेतिर भएको आक्रमणमा परिवारका अन्य २ सदस्यसमेत गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरूमा घरमुली ५० वर्षीय जगरूप मण्डल र उनकी छोरी २२ वर्षीया रिना कुमारी रहेका छन् । उनीहरुको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बारा प्रहरीका प्रवक्ता डीएसपी विजयराज पण्डितले घटनाको प्रकृति हेर्दा व्यक्तिगत रिसइबीका कारण हत्या भएको हुन सक्ने देखिन्छ । घटनाको वास्तविक कारण र संलग्न व्यक्तिहरूको पहिचान हुन बाँकी रहेको उनले बताए ।

उनका अनुसार हत्यामा प्रयोग भएको हतियार, आक्रमणको शैली र घटनाको समयलाई आधार मानेर सूक्ष्म अनुसन्धान भइरहेको छ । घटनापछि रहरियाडी क्षेत्रमा त्रास छाएको छ । घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुर पनि प्रयोग गरिएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.