पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुटुको समस्या, अस्पताल भर्ना

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार १०:३५

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाललाई मुटुको समस्या देखिएको छ ।

स्वास्थ्य समस्याका कारण बिहीबार बिहान अस्पताल भर्ना गरिएको छ । ७२ वर्षीय नेपाललाई मुटुसँग सम्बन्धित समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

Advertisement

अस्पताल स्रोतका अनुसार उनलाई विशेष क्याबिनमा राखेर आवश्यक उपचार दिइँदैछ । हालसम्म उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।

नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि पार्टीका संयोजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य उच्चस्तरीय नेताहरू अस्पताल पुगेका छन् । पार्टी नेताहरूले पूर्वप्रधानमन्त्री नेपालसँग भेटघाट गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

विशेषज्ञ चिकित्सकहरूले उनलाई नियमित निगरानीमा राख्दै आवश्यक उपचार गरिरहेको अस्पतालले जनाएको छ । नेपाल राजनीतिक रूपमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन् । उनका समर्थकहरू र राजनीतिक सहकर्मीहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.