प्रतीकात्मक तस्बिरइनरुवा । सुनसरीको लौकही र भोक्राहा क्षेत्रबाट प्रहरीले अवैध लागू औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-६ बाट धनकुटा नगरपालिका-९ का सुक्दिप राई र सहिदभुमी गाउँपालिका-४ का साजन राई पक्राउ परेका छन्। उनीहरूको साथबाट १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सप्तरीका ईश्वर प्रसाद भगत ३ ग्राम ०४ मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

























