कारागारभित्र पेस्तोल र गोली भेटिएपछि नाइकेसहित १३ जना कैदीबन्दीमाथि अनुसन्धान सुरु

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार ०६:१०
फाइल फाेटाे

सिरहा । सिरहा सदरमुकामस्थित जिल्ला कारागारभित्र कटुवा पेस्तोल र गोली फेला परेपछि नाइकेसहित १३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला सुरक्षा समितिले सोमबार गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र अवैध हतियार भेटिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट एउटा कटुवा पेस्तोल र २ वटा गोली बरामद भएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार यादव नेतृत्वको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागार परिसरबाट बाहिर निकालेको पाइएपछि सुरक्षा समितिले कारागारभित्र खानतलासी गरेको थियो । सोही क्रममा हतियार र गोली फेला परेको उनले जानकारी दिए ।

घटनामा संलग्न रहेको आशंकामा नाइके यादवसहित १३ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालेर प्रहरी हिरासतमा राखिएको छ । उनीहरूलाई अन्यत्र सुरक्षित कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको प्रजिअ पौडेलले बताए ।

नाइके यादव पक्राउ परेपछि कारागारभित्र रहेका उनका समर्थकहरूले नाराबाजी गर्दै आगजनी र तोडफोडसमेत गरेको प्रशासनले जनाएको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन बढाएर कारागार क्षेत्र वरपर कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

१ सय ५० जना कैदीबन्दीको क्षमता रहेको सिरहा कारागारमा हाल ४ सय ३७ जना कैदीबन्दी राखिएको छ । क्षमताभन्दा झन्डै ३ गुणा बढी कैदीबन्दी भएपछि कारागारभित्र पटकपटक तनाव र झडपका घटना हुँदै आएका छन् ।

यसअघि गत साउन महिनामा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए । कारागारजस्तो संवेदनशील स्थानभित्र हतियार कसरी प्रवेश गर्‍यो भन्ने विषयमा गम्भीर अनुसन्धान थालिएको प्रशासनले जनाएको छ । घटनाले कारागार व्यवस्थापन र सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.