इटहरीमा जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित १ जना पक्राउ

Share this
830shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १९:२५
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

इटहरी । जेनजी आन्दोलनको आवरणमा इटहरीमा प्रहरीबाट लुटिएको गोलीसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

आन्दोलनकै बेला हराएको ३ राउण्ड गोलीसहित इटहरी उपमहानगरपालिका–१० का टीकाराम श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठको साथबाट एसएलआर राइफलमा लाग्ने २ राउण्ड र थ्रीनट–थ्री राइफलमा लाग्ने १ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा प्रहरीको मोबाइल फोन चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा श्रेष्ठको घरमा खानतलासी गर्दा चोरी भएको मोबाइल सेटसहित गोली फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार बरामद गरिएका गोली आन्दोलनका क्रममा इटहरीमा प्रहरीबाट लुटिएको पत्ता लागेको छ ।

प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । बरामद गोली कसरी उनको घरसम्म पुग्यो, यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा समेत विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच, जेनजी आन्दोलनकै क्रममा इलाका प्रहरी कार्यालय इटहरीको हिरासतबाट फरार भएका ३५ जनामध्ये हालसम्म २२ जना थुनुवालाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ । बाँकी फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र आन्दोलनका क्रममा भएका सबै आपराधिक गतिविधिको निष्कर्षमा पुग्ने गरी अनुसन्धान अघि बढाइएको डीएसपी हमाल बताउँछन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.