सांकेतिक तस्बिरविराटनगर । मोरङको उर्लाबारी नगरपालिका-७ स्थित मावाखोलामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउँसो साढे २ बजेको समयमा स्थानीय ६० वर्षीय मुन्ना भन्ने कृष्ण कुमार पोदारको शव खोलाको पानीमा उत्तानो परेको अवस्थामा भेटिएको हो ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी नायब निरीक्षक ९प्रनानि० नारायण प्रसाद निरौलाको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो ।
घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्नका लागि प्रहरी निरीक्षक रञ्जन बरालको नेतृत्वमा विशेष टोली खटिएर कार्य सुरु गरिसकेको छ । प्रहरीले घटनाको प्रकृति र कारणबारे सूक्ष्म अनुसन्धान भइरहेको बताएको छ ।

























